समीक्षा अधिकारी र बलि राईको स्वरमा ‘सुहाउने चिटिक्कै’

-तुलसी गिरी ‘भावुक’

सुप्रसिद्ध सर्जक राजकुमार ब^गरको सङ्गीतमा रहेको प्रेमपरक भावको गीत ‘सुहाउने चिटिक्कै’ को भिडिओ सार्वजनिक भएको छ । बुद्धिमान थापाको रचना र राजु कार्कीको म्युजिक एरेञ्ज रहेको यस गीतमा समीक्षा अधिकारी र बलि राई (बिन्दास) ले स्वर दिएका छन् ।  त्रिवेणी डिजिटलमा रेकर्ड भएका यस गीतका रेकर्डिष्ट हेमन मगर हुन् भने मिक्सिङ/माष्टरिङ सर्जक राजकुमारकै रहेको छ । गीतमा प्रेमी प्रेमिकाले एक अर्कालाई जस्तो पहिरन लाए पनि बिछट्टै  सुहाउने कुरा गरेका छन् । सबैलाई एउटै प्रकारका पहिरन खुल्दैनन् ।  तर आफ्नो प्रिय मान्छे उसै राम्रो देखिन्छ, जे लाए नि सुहाएकै लाग्छ भन्ने प्रेमिल भाव गीतले पोखेको छ ।

सुनिल क्षेत्रीको आकर्षक कोरियोग्राफी/निर्देशन एवं सुनिल क्षेत्री र सुमी श्रेष्ठको मनमोहक नृत्यले भिडिओलाई अब्बल बनाएको छ । पवन सुस्लिङको सिनेमाटोग्राफी र अमृत चापागाईंको सम्पादन रहेको यस म्युजिक भिडिओका निर्माता बुद्धिमान थापा हुन्  ।  भिडिओ ENTERTAINMENT SANSAR युट्युब च्यानलबाट बजारमा आएको हो ।