-सानु श्रेष्ठ
मोफसलमा रहेरपनि आफ्नो मौलिक कला संस्कृतिलाई माया गर्दै आउनुभएका गायक बाबुराम रम्तेलको स्वरमा तीज गीत ‘म त परें जालैमा’ सार्वजनिक गरिएको छ । गायक रम्तेललाई रश्मी लकाई र सङ्गिता तिमिल्सेनाले स्वरमा साथ दिनुभएको छ भने शब्द, सङ्गीत चर्चित मोडल, सङ्गीतकार तथा गीतकार अभी सुनारको रहेको छ ।
डम्बर नेपाली निर्माता रहेको यस भिडिओमा अभी सुनार, पार्बती श्रेष्ठ, अन्जु रसाइली, नबिन्द्र भण्डारी र बालकलाकार मैइसा भण्डारीको अभिनय रहेको छ भने निर्देशन राहुल बराइलीले गर्नुभएको हो । रम्तेल उनै गायक हुन् जसका धेरै गीतहरु चर्चामा रहेका छन् । जस्मा आइस खनाइदेऊ न, मेरो देश जलिरहेछ, ए है जवानी आदि रहेका छन् ।













