-सानु श्रेष्ठ
दर्शक–श्रोताको लामो समयदेखिको प्रतीक्षापछि बहुप्रतिभाशाली गायक थुमन शर्माको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘तिम्रो याद’ को भिडिओ सार्वजनिक गरिएको छ। गीतमा स्वयम् गायक थुमन शर्माको शब्द रहेको छ भने सङ्गीत शिवराज गौतमको रहेको छ।
गीतमा म्युजिक एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रुबिन मगरले गरेका हुन्। मर्मस्पर्शी प्रेमकथामा आधारित यस भिडिओको निर्देशन शिवराज गौतमले गरेका छन्। भिडिओमा रोजन सुन्दास र सुनिता कालिकोटेको मुख्य अभिनय देख्न सकिन्छ। प्रेम, सम्झना र विछोडका भावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको यस भिडिओले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।
भिडिमा मेकअप आर्टिष्ट रिता रणपैली र छायाँकार जोन किराँती रहेका छन् भने सम्पादन र कलरिङ पदम सुवेदीले गरेका छन्। लामो समयपछि सार्वजनिक भएको ‘तिम्रो याद’ गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास निर्माण टिमले लिएको छ।













