-तुलसी गिरी ‘भावुक’
सुप्रसिद्ध सर्जक राजकुमार ब^गरको रचना, सङ्गीत र मिक्सिङ/माष्टरिङ एवं कमल सौरागको सङ्गीत संयोजन रहेको वि^योगान्त भावको गीत ‘दोकान’ को भिडिओ रिलिज भएको छ l गीतमा सर्वप्रिय गायक राज सिग्देलले स्वर दिएका छन् l गीतको भिडिओ Pashupati Music युट्युब च्यानलबाट भरखरै बजारमा आएको हो l
‘दोकान’ को भिडिओ युवराज वाइबाको निर्देशनमा छायाङ्कन भएको हो l २ नायक र एक नायिकाको प्रमुख भूमिका भएको यस भिडिओमा विक्रम बुढाथोकी, जीबी चिरन, जुना कार्की र प्रतिमा गिरीको अभिनय रहेको छ l जसमा दीपक गिरीले सिनेमाटोग्राफी र विकाश ढकालले दृश्य सम्पादन गरेका छन् l
सन्देशमूलक एवं यथार्थपरक कथा बोकेको यस म्युजिक भिडिओमा द्वैध चरित्र भएकी नारी र त्यसको भ^यानक परिणाम जीवन्त ढङ्गमा देखाईएको छ l पति हुँदाहुँदै खुसी खोज्दै प्रेमीको अँगालोमा पुगेकी नारीलाई अन्तत: प्रेमीले ‘आफ्नो पतिलाई त माया गरिनौ, मलाई माया गर्छौ र तिमीले?’ भन्दै साथ नदिएपछि ‘घरको र घाटको’ भएको अवस्था मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ l सामाजिक कथावस्तुमा निर्माण गरिएको यस म्युजिक भिडिओले आफ्नै अवस्थामा रमाउन र प्राप्त पारिवारिक खुसीलाई सजाउन हरेक विवाहित नारीलाई सकारात्मक सन्देश दिएको छ l













