वि^योगान्त भावमा गीतकार दीपेन्द्र अधिकारी

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गीतकार दीपेन्द्र अधिकारीको रचनामा रहेको वि^योगान्त भावको गीत ‘तल्तल्’ को भिडिओ सार्वजनिक भएको छ l राजकुमार ब^गरको सङ्गीत तथा मिक्सिङ/माष्टरिङ, अनु चौधरीको स्वर र रमेश सेन्चुरीको सङ्गीत संयोजन रहेको यस गीतको भिडिओ dA Creations युट्युब च्यानलबाट भर्खरै डिजिटल बजारमा आएको हो l

सन्तोष राजबाहकको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा उत्तम हुमागाईंको सिनेमाटोग्राफी र प्रवीण भट्टको सम्पादन रहेको छ भने म्युजिक भिडिओको क्षेत्रमा दर्शकले निकै रुचाएको जोडी दीपेन्द्र राज गिरी र समिया कार्कीको बेजोड अभिनय देख्न सकिन्छ l

भिडिओमा सँगै बाँच्ने सँगै मर्ने कसम खाएका एक प्रेमी जोडीको सपना क्षणभरमै भ^ताभुङ्ग भएको पी^डादायी कथा प्रस्तुत गरिएको छ l विवाहको लागि बेहुलीको घर जाँदै गर्दा प्रेमीको बाटैमा आन्दो^लनकारीहरुबाट अनाहकमा ह^त्या भएपछि एक्लिएकी प्रेमिकाको वियोगान्त भाव र कथा भिडिओले मार्मिक ढङ्गमा प्रस्तुत गरेको छ l भिडिओले हिं^सात्मक आन्दोलनका कारण कसरी कसैको जिन्दगी क्षणभरमै तहसनहस हुन्छ ? कसैको आवेशका कारण फक्रन लागेका सपनाहरु कसरी सपनामै विलिन हुन्छन् ? भन्ने सन्देश र सचेतना समेत प्रवाह गरेको छ l