सुप्रसिद्ध कलाकार किरण के.सी.को जन्मदिनमा कलाकार/पत्रकार सम्मानित

 

असार १५ गते जन्मनुभएका ‘राता मकै’ को उपनामले विख्यात सुप्रसिद्ध हास्य कलाकार किरण के.सी. ले नगद सहित ४ कलाकार एवं कला पत्रकारहरुलाई  सम्मान गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । ९० वर्षका प्रतिष्ठित गायक/सङ्गीतकार रत्न ‘बेहोसी’ बज्रचार्य, कला पत्रकार तुलसी गिरी ‘भावुक’, वरिष्ठ हास्य कलाकार उज्ज्वल भण्डारी (उज्जु डार्लिङ ) र लोकप्रिय गायक प्रेसेस पण्डेलाई सम्मान गरेर उहाँले आफ्नो जन्मदिन मनाउनुभएको हो । सम्मानित उज्ज्वल भण्डारी हाल अमेरिकामा रहनुभएकोले सो सम्मान भने उहाँकी धर्मपत्नीले ग्रहण गर्नुभएको थियो । कलाकार के. सी. ले यसरी सर्जक-कलाकार एवं कला पत्रकारहरुलाई सम्मान गर्दै आफ्नो जानदिन मनाउन थाल्नुभएको यो १३औं वर्ष हो ।

लामो समय अघिदेखि हास्य विधा मार्फत सानो तथा ठूलो पर्दामा आफ्नो कला प्रस्तुत गर्दै आउनुभएका किरण के. सी. नेपाली चलचित्र एवं टेलि चलचित्र क्षेत्रका एक सर्वप्रिय कलाकार हुनुहुन्छ । मह जोडीसँग समेत लामो सहकार्य गर्नुभएका, गीत-सङ्गीत अनुरागी उहाँ वास्तविक जीवनमा पनि रसिक, सहृदयी र खुला स्वभावको हुनुहुन्छ ।