गीता खत्रीको शब्दरचनामा ‘मायाको डोरीले मलाई’ को भिडिओ सार्वजनिक

गीतकार गीता खत्रीको शब्दरचना रहेको गीत ‘मायाको डोरीले मलाई’ को भिडिओ सार्वजनिक भएको छ । गीतमा वरिष्ठ सङ्गीतकार शम्भूजित बास्कोटाको सङ्गीत रहेको छ भने लोकप्रिय गायिका रचना रिमालले स्वर दिएकी छन् । सङ्गीत संयोजन दिक्षित पौडेलको रहेको छ ।

गीत-सङ्गीत र साहित्यिक क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहेकी गीतकार गीता खत्रीका स्वीकृति, त्रिवेणी, यात्री लगायतका एल्बमहरु प्रकाशित छन् । उनका दर्जनौं गीतहरु रेकर्डिङ भइसकेका छन् । उनले कथा, कविता, नियात्रा, उपन्यास र गीत विधामा कलम चलाउँदै आएकी छिन् । रामगीता वाङ्मय मन्दिरकी अध्यक्ष एवम् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी पूर्वअध्यक्षसमेत रहेकी खत्रीले विभिन्न सामाजिक सङ्घ-संस्थाहरुमा रहेर काम गरिसकेकी छन् ।

‘मायाको डोरीले मलाई’ गीतको भिडिओमा दिक्पाल कार्की र सुरक्षा इट्नीको अभिनय रहेको छ । भिडिओ कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायाङ्कन गरेका छन् । मीन रावलको सम्पादन रहेको यो भिडिओ भकारी म्युजिक डेभलपमेन्ट कम्पनीको अफिसियल यूट्युब च्यानल बेस्ट टोन म्यूजिकबाट सार्वजनिक गरिएको हो ।