ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ को भिडिओ सार्वजनिक

गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ को भिडिओ सार्वजनिक भएको छ। ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोक लयमा आधारित गीत ईश्वरी बराल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। गीतमा लोकप्रिय सर्जक दिपक शर्माको शव्द र सङ्गीत रहेको छ।

अनामनगरिस्थित ओएभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सीङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ। म्युजिक भिडिओको निर्देशन केशवराज भट्टले गरेका हुन्। भिडिओमा सुरेस कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन्। भिडिओमा कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् भने सहायक कोरियोग्राफर नवीन पौडेल रहेका छन्।

लोकपप, आधुनिक र र्याप गीत गाउँदै आएकी बरालको लोक लयमा आधारित यो पहिलो गीत हो। उनका यसअघिका नरिसाऊ न होइ, खानदानी छोरी, माया छ कि छैन, नैना रेसम लगायतका गीत चर्चामा छन्।