क्रान्ति के.सी. निर्देशन/सम्पादनमा वियोगान्त भिडिओ ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’

विक्रमजंग थापा र शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ को भिडिओ सार्वजनिक गरिएको छ । द्रोण अधिकारीको शब्दरचना, करण न्यौपानेको संगीत, कृष्ण केसीको म्युजिक एरेन्ज, लक्ष्मण सेन्चुरीको रेकर्डिङ र बिमल चिनालको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडिओ सार्वजनिक भएको हो । भिडिओमा वियोगान्त कथा प्रस्तुत गरिएको छ ।

क्रान्ति केसीको निर्देशन रहेको यस गीतको भिडिओमा विक्रम थापा, स्मरिका ढकाल, एन्जिला खत्री, इन्द्रप्रसाद ढकाल र द्रोण अधिकारीको अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायांकन रहेको यस भिडिओमा क्रान्तिकै दृश्य सम्पादन तथा रङ संयोजन रहेको छ । राजेन्द्र ठकुरी र विदेश केसी निर्माण व्यवस्थापक रहेको यो म्युजिक भिडिओ भोल्युम अन एण्ड स्नो फल इन्टरटेनमेन्टको प्रस्तुति हो ।