पुष्कर सुनुवारको ‘पर्दा तानी नहेर’

लोकप्रिय गायक तथा सङ्गीतकार पुष्कर सुनुवारको स्वरमा ‘पर्दा तानी नहेर’ बोलको रोमान्टिक गीतको भिडिओ सार्वजनिक भएको छ । किरण के. उप्रेतीको शब्द, गायक सुनुवारकै सङ्गीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् । मरुभूमि नारायणको छायाङ्कन र मोहन सुनुवारको सम्पादन रहेको भिडिओ गायक सुनुवारको आफ्‌नै अफिसियल युट्युब च्यानबाट सार्वजनिक गरिएको छ ।