निमा पाख्रिन लामाको ‘रुमाल साटौं न’ सार्वजनिक

तामाङ सेलो गीत-सङ्गीतमा पृथक पहिचान बनाएका गायक निमा पाख्रिन लामाको शब्द, सङ्गीत र स्वरमा नयाँ गीत ‘रुमाल साटौं न’ को भिडिओ सार्वजनिक भएको छ । प्राकृतिक सुन्दरताले भरिएको रमणीय स्थानमा छायाङ्कन गरिएको यस भिडिओमा अजय थिङ, रश्मिला तामाङ, छिरिङ थिङ लगायतको अभिनय रहेको छ भने म्युजिक एरेन्ज महाराज थापाको, छायाङ्कन दुर्गा श्रेष्ठको, सम्पादन अमृत चापागाईंको र निर्देशन प्रतिक न्गेस्युरको रहेको छ ।