मिना राई र निर्वाण निश्चल राईको स्वरमा ‘मह भन्दा गुलियो’

-सानु श्रेष्ठ 

सदाबहार गायिका मिना राई र गायक निर्वाण निश्चल राईको स्वर समेटिएको गीत ‘मह भन्दा गुलियो’ को भिडिओ दर्शक माझ आएको छ । भिडिओ गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । मेला महोत्सवमा गाइने पुर्वेली शैलीमा आधारित रहेकोले यस गीतलाई दर्शक, श्रोताहरुले आफ्नो अघिल्ला सिर्जनाहरुलाई जस्तै  मनपराउनु हुनेछ भन्ने कुरामा गायिका राई आशावादी हुनुहुन्छ ।

https://www.youtube.com/watch?v=HLIQNlqIcoI

डिपि खनालको शब्द, देवेन्द्र बरालको सङ्गीत, विश्व अधिकारीको म्युजिक एरेन्ज, मिक्सिङ, माष्टरिङ रहेको यस गीतको भिडिओमा हरिष निरौला ‘कक्रोज’, तृष्णा बराइली, मनि राई सशिकला तामाङ आदिको अभिनय र नृत्य रहेको छ भने कोरियोग्राफी रोशन विश्वकर्माको, छायाङ्कन दिनेश पराजुलीको, सम्पादन अनिल कोयी राईको र निर्देशन अमृत चापागाईंको रहेको छ ।