समिर आङ्बुहाङको प्रस्तुतिमा बीचैमा टुटेको अव्यक्त प्रेम ‘ओ रिल्लो’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सङ्गीत व्यावसायी समिर आङ्बुहाङ लिम्बूको प्रस्तुतिमा एक अर्काप्रतिको प्रेम र समर्पण भावमा रहेको गीत ‘ओ रिल्लो’ को भिडिओ सार्वजनिक भएको छ। ताराप्रकाश लिम्बूको शव्द/सङ्गीत, साहस शाक्यको म्युजिक एरेन्ज र चन्द्र चौधरीको मिक्सिङ्/माष्टरिङ् रहेको रोमान्टिक भावको यो गीत सर्वप्रिय कलाकारद्वय राजेशपायल राई र रिमा गुरुङ होडाको स्वरमा सजिएको छ भने भिडिओकी निर्मात्री सरिता राई आङ्बुहाङ हुन् ।

‘ओ रिल्लो’ गीतको भिडिओ सुप्रसिद्ध हास्य कलाकार एवं निर्देशक विल्शन बिक्रम राईको कथा एवं निर्देशनमा छायाङ्कन भएको हो । कमल राईको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको यस म्युजिक भिडिओमा निर्देशक विल्शन स्वयंले लोकप्रिय कलाकार एलिसा राईसंग अभिनय गरेका छन् भने चलचित्र निर्देशक एवं कलाकार उदय सुब्बा सहायक भूमिकामा देखिएका छन् ।

गोरेटोमा जम्काभेट भएका युवक र युवतीबीचको अव्यक्त प्रेम र मनोवाद, खुलेर बोल्न-मनको कुरा पोख्न नसकेको द्विविधाको स्थिति र आफ्ना भावना साटासाट गर्न नपाउँदै वाध्यतावश अर्कैसँग लगनगाँठो कसिन लागेको वियोगान्त पलको मर्मस्पर्शी प्रस्तुति रहेको यो भिडिओ TAPLEJUNG MEDIA HOUSE युट्युब च्यानलमा अपलोड भएको छ ।