गायनको क्षेत्रमा आफ्नो पृथक पहिचान बनाएकी लोकप्रिय गायिका हेमन्ता राईको सुमधुर स्वरमा नयाँ गीत ‘महङ्गो माया’ को भिडिओ ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ । विष्णु भट्टको शब्द तथा सङ्गीत, देबेश राईको म्युजिक एरेन्ज, रबिना लिम्बूको श्रृङ्गार, इसाक जाबेगुको छायाङ्कन/सम्पादन रहेको छ ।














