एक्टिङ आइडल सिजन -१ को अडिसन हुँदै

लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टको आयोजनामा एक्टिङ आइडल सिजन -१ काठमाडौँमा आयोजना हुँदैछ । विगत केहीवर्ष यता यस संस्थाले नवप्रतिभाहरूलाई मञ्च दिँदै आइरहेको छ । मिसेस तिज र अनलाइन दसैं तिहार नृत्य प्रतियोगिताको सफलतापछि यस संस्थाले एक्टिङ आइडल सिजन वन आयोजना गर्न लागेको हो ।

यस लग्जरी इभेन्ट एण्ड इन्टरटेन्मेन्टकी संस्थापक पूजा रेग्मी महन्त बताउँछिन् – ‘हाम्रो संस्थाको मूल उद्देश्य भनेको व्यक्तिमा लुकेको प्रतिभाहरूलाई उजागर गर्ने र सही मार्गदर्शन दिएर समाज र देशलाई सृजनशील व्यक्तिहरू उत्पादन गर्नु हो। यसले देशको कला, संस्कृति, भाषालाई संरक्षण गर्ने टेवा पनि दिनेछ। यही माघ १४ गते बुधबार दिउँसो १ बजे एक्टिङ आइडल सिजन -१ अडिसन सर्वनाम थिएटर कालिकास्थानमा हुँदैछ। जुनैपनि उमेर समूहले यस कार्यक्रममा भाग लिन सक्नेछ।