गम्भीर गीतमा पहिचान स्थापित गरेका गायक योगी रोमान्टिक गीत लिएर आए

सुप्रसिद्ध गायक मेलोडी सुल्तान शिशिर योगीले केही फरक भाव र शैलीको गीत ‘मेरी काली’ सार्वजनिक गरेका छन् । गम्भीर भाव र मेलोडियश गीत मार्फत आफ्नो अलग्गै र विशिष्ट परिचय स्थापित गरेका कलाकार/सर्जक योगीले यसपटक फाष्ट बिटमा रोमान्टिक गीतको लिरिकल भिडिओ सार्वजनिक गरेका हुन् । योगीको आफ्नै शव्द, सङ्गीत र स्वरमा रहेको यस गीतमा राकेश सोनीले म्युजिक एरेन्ज र श्यामश्वेत रसाईलीले मिक्सिङ्/माष्टरिङ् गरेका छन्  । भिडिओ आजै Shishir Yogi युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो ।