अगाध प्रेम र समर्पण भावमा ‘खुसी हुन्छु’

-तुलसी गिरी ‘भावुक’

गीतकार अनिल शर्माको रचना, कल्याण सिंहको सङ्गीत र प्रवीण भट्टराईको स्वरमा रहेको प्रेमिल भावको गीत ‘खुसी हुन्छु’ को भिडिओ सार्वजनिक भएको छ । गायक भट्टराईकै आधिकारिक युट्युब च्यानल Praween Bhattarai बाट सोमबार भिडिओ डिजिटल बजारमा आएको हो । गीतमा दीक्षित पौडेलको म्युजिक एरेन्ज तथा मिक्सिङ्/माष्टरिङ् रहेको छ ।

https://www.youtube.com/watch?v=s9u5yJqE9MQ

गीतकार तथा साहित्यकार जनक रावलका भाइ, नेपाली चलचित्र सायद, होस्टेल, होस्टेल रिटन्स र सायद २ का निर्माता तथा कलाकार सुनिल रावलको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा एकरिक्षा थपलिया र अङ्कित केसीको अभिनय रहेको छ । सागर खरेलको सिनेमाटोग्राफी र सम्पादन रहेको यस भिडिओका निर्माता मधु केसी र सरु थपलिया हुन् । गीतमा युवकले आफ्नी प्रियतमाप्रतिको अगाध प्रेम र समर्पण भाव व्यक्त गरेका छन्  ।