एक पछि अर्को सिर्जना सार्वजनिक गर्दै आईरहेका रामकुमार नेपाली र अमृत भारतीको जोडीले ‘दशी धारा आमा’ बोलको गीतको सुन्दर भिडिओ श्रोता/दर्शक माझ ल्याएका छन् । लोकप्रिय गायक रामकुमार नेपालीको स्वर र सङ्गीत, अमृत भारतीको शब्द रहेको यस गीतको भिडिओमा सरिता राजोपाध्याय, राज गिरी, दिपेन्द्र सोनाम, मनोज लामिछाने, सचिन खड्का लगायतको अभिनय रहेको छ । भिडिओमा छायाङ्कन सन्तोष तिमल्सिनाको र निर्देशन सञ्जिव ठकुरीको रहेको छ ।














