-प्रकाश बराईली ‘अभिव्यक्ति’
नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा लोकप्रिय गायिका टिका पुनको मौलिक कौडा गीत “आकाशैमा तारा र जुन छन्” भिडियो सहित सार्वजनिक भएको छ। यस गीत पश्चिम भेग तिर बढी रुचाईने गर्छ।
आकाशैमा तारा र जुन छन नामक कौडा गीतमा उनै लोकप्रिय गायिका टिका पुन र चर्चित गायक धनराज चुनाराको स्वर रहेको छ भने अशिम चन्द्र बिश्वकर्माको शब्द, संगीत रहेको छ। सो गीतको भिडियोमा एकिन्द्र साराशंकरको कथा तथा निर्देशन रहेको छ। त्यसैगरी भिडियोमा एकिन्द्र साराशंकर र मिलन गुरुङको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, अशिम चन्द्र बिश्वकर्माको सम्पादन, मिलन बिश्वकर्माको रंग संयोजन रहेको छ।
उक्त गीतको भिडियोमा शेखर घर्ती मगर र कुसुम राईको अभिनय रहेको छ भने अतिथी कलाकारहरुको रुपमा सुमनसुनार, दिपेन्द्र केसी, बिश्व मुखिया आदीको अभिनय रहेको छ। यस गीतलाई टिकापुन कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।














