-सानु श्रेष्ठ
अर्जुन गुरुङको शब्द, सङ्गीत रहेको मर्मश्पर्शी गीतको भिडिओ सार्वजनिक भएको छ । शितल गुरुङ र जानुका तामाङको स्वर रहेको ‘यो परदेशी जीवन’ बोलको यस भिडिओमा सञ्चिता शाही, मुकेश गुरुङ, नव थापा, सुदिब कोइराला र बालकलाकार एल्ला पुरीको अभिनय रहेको छ ।
बबिता श्रेष्ठको निर्देशनमा निर्मित यस म्युजिक भिडिओमा छायाङ्कन मुकेश हुमागाईको, सम्पादन नवीन क्षेत्रीको र सह निर्देशन सुजल शाहीको रहेको छ भने गीतमा म्युजिक एरेन्ज तिलक ओलीले गरेका छन्।














