लोकप्रिय गायिका मेलिना राई र सौगात जङ्ग थापाको आवाजमा रहेको डान्सिङ शैलीको गीत ‘हो नि रेशम’ को भिडिओ सार्वजनिक भएको छ । पुष्प सुनुवारको शव्द र सौगात जङ्गकै सङ्गीतमा रहेको यस गीतमा विशाल निरौलाले म्युजिक एरेन्ज र रन्जन राईले मिक्स मास्टरिङ गरेका छन्।
चर्चित अभिनेता अयुब केसी र नव नायिका सिर्जना सिंह ठकुरीको बेजोड नृत्य रहेको यस भिडिओको कोरियोग्राफर सुरेश पाण्डे हुन् भने सुमन कार्कीले भिडिओ खिचेका छन्। युवराज खत्रीको निर्देशन तथा सम्पादन रहेको यो भिडिओ सौगात जङ्ग थापा युट्युब च्यानलमा हेर्न सकिन्छ। टिपिकल लोकगीत भएकोले सबैले मन पराउने कुरामा आफूहरु आशावादी रहेको निर्माण टिमले बताएको छ।














