शिशिर योगी र ज्ञानु राणाको स्वरमा रोमाञ्चक गीत ‘इतरी’

मेलोडी सुल्तानको उपनामले समेत परिचित सुप्रसिद्ध गायक शिशिर योगी र लोकप्रिय अग्रज गायिका ज्ञानु राणाको युगल स्वरमा रहेको गीत ‘इतरी’ सार्वजनिक भएको छ। नेपाली गीत-सङ्गीत क्षेत्रका अमर सर्जक रत्नसमशेर थापाको रचना, नारायणगोपालको सङ्गीत र नोर्बु छिरिङको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ/माष्टरिङ कृष्ण पुनले गरेका हुन् । वर्ल्डकभर मिडियाको पोष्ट प्रडक्सनमा निर्माण भएको यो भिडिओ लोकेश भाटको सम्पादन एवं ग्राफिक्समा तयार भएको हो।

गीतमा एकजोडी वयस्कहरुको भावना उजागर पारिएको छ । युवकको सँगै बसी मिठामिठा गफ गर्ने चाहना र युवतीको घाम अस्ताउन लागेकोले आफ्नो जिम्मेवारीका काम सकाउन घर जान हतार भएको बहानाबीचका रोमाञ्चक संवादहरु गीतमा रहेका छन् ।