दोस्रो बि. स्टार फिल्मस् म्युजिक अवार्ड भव्य रुपमा सम्पन्न

-सानु श्रेष्ठ 

बि. स्टार फिल्मस प्रा.लि. र दिनपरी क्रिएसन प्रा.लि.को सहकार्यमा दोस्रो बि. स्टार फिल्मस् म्युजिक अवार्ड २०८२ सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको प्रमुख आतिथ्यत़ामा नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न भएको उक्त अवार्ड ४४ विधामा प्रदान गरिएको कुरा कार्यक्रमका अध्यक्ष बिक्रम चौहान र उपाध्यक्ष दिनेश विष्टले जानकारी दिएका छन् । कार्यक्रममा दीर्घ साधना स्रष्टा सम्मान गीतकार टेक तामाङलाई, दीर्घ साधना म्युजिक भिडिओ निर्देशन सम्मान बाबुराजा केसी ‘उज्ज्वल’ लाई र युवा पत्रकारिता सम्मान विकासलाई प्रदान गरियो ।

अवार्ड कार्यक्रममा सर्वोत्कृष्ट राष्ट्रिय गीत जित एक कदम – विष्णु भण्डारी, सर्वोत्कृष्ट बाल कलाकार शान अधिकारी – मायालाई पानको पात, सर्वोत्कृष्ट सुगम सङ्गीत गायक शिव परियार – तिमी अर्कैको भइसक्यौ, सर्वोत्कृष्ट सुगम सङ्गीत गीतकार हरिभक्त बुढाथोकी – मलाई हार्न दिँदैन २, सर्वोत्कृष्ट लोकदोहोरी नव मोडल (पुरुष) सुरेश कोहली – मेरो परान, सर्वोत्कृष्ट सुगम सङ्गीत नव मोडल (पुरुष) राम बी. पुन – माया गर्छु म,  सर्वोत्कृष्ट नयाँ लोक–पप गायक अमिष उपरकोटी – शूट हान्डिन्छु, सर्वोत्कृष्ट देउडा गायक सुनिल बि.सी. – एक घुट्को बाडुली, सर्वोत्कृष्ट थारु मोडल (पुरुष) राजेश चौधरी – चोरी चोरी से छैली, सर्वोत्कृष्ट सुगम सङ्गीत नव मोडल (महिला) ग्रीष्मा पौडेल – दिलको लुटेरा, सर्वोत्कृष्ट लोकदोहोरी गीतकार विनय अर्याल – पानको पसल, सर्वोत्कृष्ट एरेञ्जर बिमल छिनाल – बेबी तिम्रो एटिट्युड, सर्वोत्कृष्ट मेकअप यमुना पाण्डे – राजा, सर्वोत्कृष्ट सुगम सङ्गीत सङ्गीतकार दीपक तिरुवा – तिम्रै लागि, सर्वोत्कृष्ट लोक–पप मोडल (महिला) सुरक्षा इतानी – तिम्रो आगमन, सर्वोत्कृष्ट लोकदोहोरी गायिका (महिला) दिपिका बायम्बु मगर – मायालाई पानको पात, सर्वोत्कृष्ट लोकदोहोरी सङ्गीतकार बद्री सापकोटा – युके बस्ने माया, सर्वोत्कृष्ट लोकदोहोरी भिडिओ निर्देशक रामजी लामिछाने – सोल्टिनी उखुमै मनपर्यो, सर्वोत्कृष्ट सुगम सङ्गीत मोडल (पुरुष) सागर लम्साल – देउतालाई भाकी रहेको छ ।

त्यसैगरी सर्वोत्कृष्ट लोक–पप गायक टंक तिमिल्सिना – मनमाया, सर्वोत्कृष्ट लोकदोहोरी नव – मोडल (महिला) अञ्जना पुन मगर – मायालाई पानको पात, सर्वोत्कृष्ट लोक दोहोरी नव – गायक (पुरुष) रायन बस्याल – घाम पानीको छाता, सर्वोत्कृष्ट भिडिओ छायाँकार विजय भण्डारी – रातो किताव, सर्वोत्कृष्ट सुगम सङ्गीत भिडिओ निर्देशक बिकास प्रसाईं – यो पागल दुनियाँ, सर्वोत्कृष्ट नव लोक–पप मोडल (पुरुष) प्रवास लामा – कति माया गर्छु,  सर्वोत्कृष्ट लोकदोहोरी मोडल (महिला) नारायणी खत्री – करिमैले, सर्वोत्कृष्ट लोक–पप मोडल (पुरुष) बिमल अधिकारी – ए हो र माया, सर्वोत्कृष्ट गीतकार लोक–पप मदन प्रसाद शर्मा – प्रेमको सानो घर, सर्वोत्कृष्ट देउडा गायिका निरुता खत्री – मेरा बलाता गाउँ, सर्वोत्कृष्ट थारु गायक आर.के.थारु – पंछी दीवाना, सर्वोत्कृष्ट थारु गायिका अञ्जु कुश्मी – राम राम संघारी, सर्वोत्कृष्ट लोकदोहोरी नव – गायिका, बिन्दु परियार – मायालुकै नाउँमा, सर्वोत्कृष्ट सुगम सङ्गीत मोडल (महिला) स्मारिका ढकाल – याद बाँकी छ, सर्वोत्कृष्ट भिडि छायाँकार (सुगम सङ्गीत) प्रकाश खड्का – बौलायो, सर्वोत्कृष्ट नव लोक–पप गायिका अश्मिता जुरेली – डिम्पल गालैमा, सर्वोत्कृष्ट नव लोक–पप मोडल (महिला) सोना बाज्राचार्य – भिज्यो कपाल, सर्वोत्कृष्ट थारु मोडल (महिला) सबिना चौधरी – परदेशिया सजना, सर्वोत्कृष्ट लोकदोहोरी गायक (पुरुष) खेम सेन्चुरी – मायाँलाई पानको पात, सर्वोत्कृष्ट लोकप्रिय गीत दुर्गेश थापा – दुश्मन हेरेको हेरै, सर्वोत्कृष्ट लोक दोहोरी मोडल (पुरुष) पल शाह – मायाँलाई पानको पात, सर्वोत्कृष्ट सुगम सङ्गीत गायिका समीक्षा अधिकारी – देउतालाई भाकी, सर्वोत्कृष्ट लोक–पप गायिका एलिना चौहान – पुतली, सर्वोत्कृष्ट सङ्गीतकार लोक–पप सरोज पोखरेल – मुटु मुटु (हो रिमै), सर्वोत्कृष्ट थारु निर्देशक प्रदिप थारु – चोरी चोरी से चैली, सर्वोत्कृष्ट ड्रेस राज बानिया – ए होर माया, सर्वोत्कृष्ट शब्द लोकपप ‘जुरी’ भूमिका साउद – बनचरी, सर्वोत्कृष्ट बाल कलाकार ‘जुरी’ एलेक्श खड्का – डिभोर्स, सर्वोत्कृष्ट नव गायक लोकपप ‘जुरी’ किस्मत साउद, सर्वोत्कृष्ट नव कलाकार दोहोरी ‘जुरी’ बबिता कोइराला, सर्वोत्कृष्ट राष्ट्रिय गायक ‘जुरी’ मनमाया पंगेनी, सर्वोत्कृष्ट लोकपप नव मोडल ‘जुरी’ रेश्मा नेप्किङ्ग, उत्कृष्ट बाल कलाकार इन् करेजमेन्ट रिदम जतल – दिलको खल्की प्रचामा, युनिश घिमिरे – लाजको पर्दा, सर्वोत्कृष्ट आधुनिक कलाकार पुरुष ‘जुरी’ हरिशरण रिजाल, सर्वोत्कृष्ट नव आधुनिक कलाकार ‘जुरी’ प्रतिमा राज घतानी रहेका छन् ।

अवार्ड कार्यक्रमको निर्णायक सदस्यहरुमा राजकुमार बगर, देवेन्द्र प्रसाद बजगाई र चन्द्र शर्मा रहेको कुरा आयोजकले जानकारी गराएका छन्  । सनम कठायतको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा मिन रावल ‘प्राविधिक समन्वय’ मा थिए भने दीपा पनेरु, भीम खड्का, लक्ष्मण चौहान, देबेन्द्र कुँवर, दीपक देउवा, बादल घिमिरे, सविन चौहान, मिलन विश्वकर्मा लगायतले सहकार्य गरेका थिए । पीएन सापकोटा र राजेश बर्देवाले कार्यक्रमको सहजीकरण गरेका थिए । चर्चित नायक पल शाहको प्रस्तुतिले कार्यक्रममा थप रौनकता ल्याएको थियो ।