-सानु श्रेष्ठ
लोकप्रिय गायिका मिना राईको दुई गीत पर्व लक्षित ‘तिहार आयो’ र पूर्वेली कलासंस्कृति, मौलिक परम्परागत शैलीमा आधारित गीत ‘ए सोल्टिनी’को भिडिओ सार्वजनिक भएको छ । गायिका मिना राईलाई ‘ए…सोल्टिनी’मा निर्वाण नेचली राईले स्वरमा साथ दिएका छन् भने ‘तिहार आयो’ मा संजय सुब्बा तुम्रोक र बिक्रम राईले स्वरमा साथ दिएका छन् ।
चोमु शेर्पा ‘खुशी’ को शब्द, दीपक राई ‘बान्तवा’को सङ्गीत सिर्जना रहेको ‘ए…सोल्टिनी’ गीतको भिडिओमा रेखा राई, रवि लामा, सौजन सेनेहाङ, शशिकला तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
