फरक ढङ्गको ‘जेन्जी तिहार’ गीत सार्वजनिक

-सानु श्रेष्ठ 

पर्व लक्षित गीत सङ्गीत ल्याउने क्रमको सिलसिलामा मोडल सजिना लामिछानेले वर्तमान अवस्थामा सान्दर्भिक ‘जेन्जी तिहार’ गीतको भिडिओ सार्वजनिक गरेकी छिन् । सजिना लामिछाने र तुलसी बासकोटाको शब्द, आरबी खत्री सरद, श्रद्धा दियाली, राजिब साह, रमेश मैनाली र निर्मला कार्कीको स्वर रहेको गीत ‘जेन्जी तिहार’ को भिडिओमा लक्ष्मीनाथ तिमल्सिना, आरबी खत्री सरद, सजिना लामिछाने, राज धामी, रमेश मैनाली, सरिता भण्डारी लगायतको उत्कृष्ट अभिनय रहेको छ ।

भिडिओमा देशको अवस्था, नेपालीले भोगेका हरेक दुःख-सङ्घर्ष र चाडबाडको महत्वलाई झल्काइएको छ । म्युजिक सिटि अनामनगरमा प्राविधिक प्रकाश श्रेष्ठले रेकर्डिङ गरेको यो गीत बिल्कुलै फरक ढङ्गको छ। गीतमा म्युजिक एरेन्ज र मिक्सिङ राजिब साहको रहेको छ भने भिडिओतर्फ दिनेश लिम्बुको कोरियोग्राफी, आरबि खत्री सरदको निर्देशन, राज पोख्रेलको छायाङ्कन र राज धामीको सम्पादन रहेको छ ।