गीतकार डब्बु क्षत्रीको नयाँ गीत ‘लहर झैँ’ को भिडिओ दर्शकमाझ आएको छ । यसपटक बडा दसैँको अवसर पारेर हालै यो गीतको भिडिओ सार्वजनिक गरिएको हो । यो गीत गायिका बेनिसा पौडेलले गाएकी छिन् । पप शैलीको यो गीतमा जुगल डंगोलको सङ्गीत/सङ्गीत संयोजन रहेको छ । भिडिओ ‘एसबी क्रियसन नेपाल’ युट्युब च्यानलबाट रिलिज गरिएको छ । भिडिओ निर्देशन पनि गीतकार डब्बु क्षत्रीले नै गरेका हुन् भने भिडिओको निर्मातामा विलक्षण क्रियसन रहेको छ ।
गीतमा एउटी युवतीको उत्साह, स्वतन्त्रता र चरी झैँ उड्न चाहने उनका चाहनाहरुलाई प्रस्तुत गरिएको छ । मलेशियाको समुन्द्र किनारदेखि विभिन्न रमणीय स्थलमा यात्रा शैलीमा छायाङ्कन गरिएको यस म्युजिक भिडिओमा मोडल एवम् गायिका सरिता भारतीले अभिनय गरेकी छिन् । एक युवतीको चाहनामा गीत केन्द्रित भएकाले सरिताको एकल अभिनय प्रस्तुत गरिएको थाहा भएको छ । भिडिओको दृश्य तथा रङ्ग सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका हुन् । गीतकार/निर्देशक डब्बु क्षत्रीका अनुसार युवतीहरुले स्वतन्त्र रुपमा सपना देख्नु पर्छ र त्यो सपनालाई पूरा पनि गर्नु पर्छ भन्ने उद्देश्यले यो गीत बनाईएको हो ।
