प्रसिद्ध गायिका रिता केसी र विनोद महतराको युगल स्वरमा रहेको गीत ‘मलाई माया गरोस्’ को भिडिओ बजारमा आएको छ । प्रतिमा शिवाकोटीको शव्द, रामकृष्ण थापाको सङ्गीत तथा सङ्गीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको यो गीत वेभ स्टुडियोका प्राविधिक समुल थामीले रेकर्ड गरेका हुन् ।
ओम प्रसाईंको छायाङ्कन/सम्पादनमा तयार भएको यस गीतको भिडिओमा गायिका रिता, गायक विनोद, सङ्गीतकार रामकृष्ण लगायत गीतसँग सम्बन्धित सर्जक/कलाकारहरुले नै अभिनय गरेका छन् । भिडिओ गायिका रिताकै अफिसियल युट्युब च्यानल Rita K.C. मा अपलोड भएको छ ।
