-सानु श्रेष्ठ
नेपाली चलचित्र क्षेत्रका निर्माता तथा अभिनेता ईश्वर थापा विदेशी भूमिमा रहेर पनि नेपाली कला संस्कृति संरक्षणमा सदैव सकृय रहँदै आएका छन् । सर्जक/कलाकार थापाले नेपालीहरुको महान पर्व बडा दसैंको अवसर पारेर भर्खरै दसैं विशेष गीत ‘दसैंको टिका’ को भिडिओ सार्वजनिक गरेका छन् ।
सुदीप पाण्डेको शब्द र एडवर्ड थापाको स्वर रहेको यस गीतको भिडिओमा विष्णु ढकाल, लक्ष्मी ढकाल, दुर्गा दाहाल, अर्जुन सापकोटा, सुदीप पाण्डे, ईश्वर थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यसमा सङ्गीत, म्युजिक एरेन्ज र मिक्स ईश्वर थापाको, छायाङ्कन र सम्पादन हेरुका लामाको र निर्देशन ईश्वर थापाकै रहेको छ ।
