‘म हूँ स्वतन्त्र रापती’मा रूपक र सन्तोषको सहकार्य

कवि तथा गजलकार रूपक अलङ्कारको कविता ‘म हूँ स्वतन्त्र रापती’ सङ्गीतबद्ध भई गायनमा आएको छ। विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध गरि आफ्नै स्वरमा उक्त कविता गाएका छन्। पञ्चचामर छन्दमा रचना गरिएको कविता रूपकको हालै प्रकाशित कवितासङ्ग्रह ‘शान्त शर्वरी’मा सङ्गृहीत छ।

‘छन्दको कोमलता, लयमधुरता र प्रभावकारितालाई सङ्गीतमा ल्याउँदा अझ ओजपूर्ण हुने रहेछ । सङ्गीतमैत्री शब्दहरू पनि भएमा त झनै सुन्दर र सशक्त हुने रहेछ’ सन्तोष भन्छन् । राजु कार्कीको सङ्गीतसंयोजन एवम् सङ्गीतसम्पादन, सुरेश राइको सङ्गीतसञ्चयन रहेको श्रव्यलाई राजन खरेलले दृश्य छायाङ्कन एवम् सम्पादन गरेका छन् ।