पुरणको ‘धर्तीको छानो’ मा सन्तोषको सङ्गीत

देशमा निराशाको तुवाँलो लागिरहेको बेला आशाको दियो निभ्न भोलिको उज्यालोको लागि देश निर्माणमा लाग्नुपर्ने सन्देशसहित गीतकार पुरण क्षेत्रीको देशभक्तिपूर्ण गीत “धर्तीको छानो…” सार्वजनिक भएको छ । विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतमा सन्तोष श्रेष्ठ, मोहित श्रेष्ठ, प्रगति महरा र शारदा लिम्बूको स्वर रहेको छ । गीतको श्रव्यदृश्यले हरेक नेपालीमा राष्ट्रप्रेमको भावना जागृत गर्ने गीतकार पुरण क्षेत्रीको विश्वास रहेको छ ।

साहस शाक्यको सङ्गीत संयोजन, राजाबाबु थारू, दिल समर्पण र एस.बी. मुस्कानको सङ्गीत सञ्चयन रहेको गीतमा प्रकाश मिश्रको सङ्गीत सम्पादन रहेको छ । पूर्ण घर्ती मगरको छायाङ्कन, टेकेन्द्र सेनको नृत्य निर्देशन, बिष्णु न्यौपानेको सम्पादन एवम् खेमराज गाउँले र वीरेन्द्र वलीको फुटेज तथा डिजाइन रहेको श्रव्यदृश्यलाई सन्तोष श्रेष्ठको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।