-तुलसी गिरी ‘भावुक’
सुप्रसिद्ध गायक स्वरुपराज आचार्यको स्वरमा रहेको वि^योगान्त भावको गीत ‘मुटुमा तिम्रै छ नि नाम माइली’ को भिडिओ सार्वजनिक भएको छ । बाध्यतावश श्रीमतीलाई छाडेर रोजगारीको लागि परदेश गएको पति र पर्खाईमा रहेकी पत्नीको पीडा गीतमा पोखिएको छ । रमेश कोईरालाको शव्द, श्रीकृष्ण बम मल्लको सङ्गीत र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको यस गीतको भिडिओ Pashupati Music युट्युब च्यानलबाट डिजिटल बजारमा आएको छ ।
शिवराज पौडेलले निर्माण गरेको यो म्युजिक भिडिओ शंकर बी. सी. को कथा एवं निर्देशनमा छायाङ्कन भएको हो । भिडिओमा आर्यन सिग्देल, अञ्जली अधिकारी र आरोना मल्लले प्रमुख कलाकारको भूमिकामा अभिनय गरेका छन् भने अर्जुन तिवारीको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।
