-सानु श्रेष्ठ
गायिका एलिना चौहानको स्वर, रञ्जना कडरियाको शब्द र तारावीर पाण्डेको सङ्गीत रहेको मायाप्रेम भित्र हुने घटनाक्रमलाई देखाईएको मर्मस्पर्शी गीत ‘देखेपछि’ को भिडिओ सार्वजनिक भएको छ । मोडलिङको क्षेत्रमा पृथक पहिचान बनिसकेको अहिलेकी व्यस्त मोडल सजिना लामिछाने, पवन खतिवडा, रञ्जना कडरिया, सरु खरेल र लोकेश ओलीको अभिनय भिडिओमा देख्न सकिन्छ । रमित बोहराको छायाङ्कन, श्रृंगार मोहन तामाङको, सम्पादन राज धामीको रहेको ‘देखेपछि’ भिडिओमा मोडल सजिना लामिछानेको निर्देशन रहेको छ ।
