-सुभाष श्रेष्ठ प्रधान
नेपाली कला क्षेत्रमा उदियमान गायिका सृष्टि थापाले भर्खरै मात्र ‘टाढा भए नि’ बोलको गीतको भिडिओ सार्वजनिक गरेकी छिन्। प्रसिद्ध सङ्गीत प्रशिक्षक चण्डी प्रसाद काफ्लेकी एक होनहार चेली सृष्टि हाल एमबिए अध्ययन गरिरहेकी छिन् । लमजुङ घर भएकी उनले अहिलेसम्म ३० वटा भन्दा बढी गीत गाइसकेकी छिन्। उनी हरेक खालका गीत गाउन सक्षम छिन् ।
हाल सार्वजनिक गरिएको गीत ‘टाढा भए नि’ सेन्टिमेन्टल भावमा रहेको छ। आफूले अथाह प्रेम गरेको मान्छेले बिर्सी गए पनि बिर्सन नसकेको कुरा गीतमा व्यक्त गरिएको छ । सागर सुनार र गायिका स्वयंले संयुक्त रुपमा रचना गरेको यस गीतमा सङ्गीत पनि सागरकै रहेको छ । टेक अछामीले निर्देशन गरेको यस भिडिओको छायाङ्कन छायाङ्कन उमेश शाहले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।
