-तुलसी गिरी ‘भावुक’
सुप्रसिद्ध सर्जक राजकुमार ब^गरको शव्द/सङ्गीत एवं The Voice of Nepal का विजेता लोकप्रिय गायक सीडी विजय अधिकारीको स्वरमा रहेको गीत ‘सै सै’ को भिडिओ बजारमा आएको छ l केशव बडूको म्युजिक एरेन्ज र सर्जक राजकुमारकै रेकर्डिङ्, मिक्सिङ् र माष्टरिङ् रहेको यो गीतमा सङ्गीतकारले टप्पा गीतको लयलाई फ्युजन गरेका छन् l
कलाकारको रुपमा गायक विजय स्वयं, सुधीर श्रेष्ठ, रचना न्यौपाने र खुशी कार्कीको प्रमुख भूमिका रहेको यो भिडिओ प्रहिल कार्कीको निर्देशनमा छयाङ्कन भएको हो l भिडिओमा सुरेन्द्र बसेलको कोरियोग्राफी, भूपेन्द्र थापा मगरको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको छ भने गायककै युट्युब च्यानल CD Vijaya Adhikari मा भिडिओ अपलोड गरिएको छ l













