धीरज खत्री र तुलसा सुनुवारको स्वरमा ‘नारीको वेदना’

विगतको तुलनामा यो वर्ष तिज गीत अलि बढी नै बजारमा आएको अनुमान गरिएको छ । यसै सिलसिलामा धीरज खत्री र तुलसा सुनुवारको स्वरमा ‘नारीको वेदना’ बोलको तीज गीतको भिडिओ सार्वजनिक भएको छ ।

शब्द पार्वती खत्री रोक्का, सङ्गीत ममता खत्री बस्नेत, म्युजिक एरेन्ज सन्तोष प्रगाढको रहेको यस गीतको भिडिओमा सञ्चिता शाही, राजन थापा मगर, कविता देवी राई, ईन्द्र बस्याल, समिता राउत, मनोज राई, तारा खड्का बस्याल, अनिता खड्का आदिको अभिनय छ भने मेकअप राकेश रणपाल, छायाङ्कन केशव अधिकारी, सम्पादन प्रेम शर्मा पौडेल र निर्देशन सुमन कुमार श्रेष्ठको रहेको छ ।