-प्रकाश बराईली ‘अभिव्यक्ति’
नेपाली साङ्गीतिक बजार सङ्गीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकै आईसकेको छ। त्यसैले दिनदिनै तीज गीतका भिडिओहरु आउने क्रम पनि जारी छ।
यसै क्रममा चर्चित गायिका गीता सेञ्चुरीको मौलिक तीज विशेष गीत ‘दुईदिने जीवनमा’ को भिडिओ सार्वजनिक भएको छ। यस गीतमा गीता सेञ्चुरीको स्वर रहेको छ भने गीता सेञ्चुरीकै शब्द र भिमसेन खतिवडाको सङ्गीत रहेको छ।
गीतको भिडिओमा सञ्जिब ठकुरीको निर्देशन तथा कोरियोग्राफी, सन्तोष तिमल्सिनाको छायाङ्कन र कल्पेश बिश्वकर्माको सम्पादन रहेको छ। भिडिओमा रञ्जिता लामा र सारदा गुरुङले अभिनय गरेका छन् । भिडिओ सञ्जिब ठकुरीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।














