नेपाली साहित्यिक क्षेत्रको कथा, कविता, उपन्यास, मुक्तक र गीत लगायतका विविध विधामा कलम चलाईरहेका गीतकार रावल जनक तथा अमेरिकाको बोस्टन निवासी गायिका सुशीला बस्नेत तिमिल्सिनाको सहकार्य रहेको मौलिक तीज गीत ‘तीज आयो साथी सङ्गी’ को भिडिओ गायिकाकै युट्युब च्यानल सुशीला बस्नेत तिमिल्सिनाबाट बजारमा आएको छ।
उच्छृङ्खल, छाडा, उत्ताउलोपनका गीत सङ्गीतले बजार तताइरहेको परिवेशमा विशुद्ध नेपाली मौलिक पाराको गीतको अडिओ र भिडिओ दुबै सार्वजनिक गरिएकोछ। ‘तीज आयो साथी सङ्गी’ बोलको यस गीतका गीतकार तथा सङ्गीतकार रावल जनक, एरेन्जर सन्दिप कार्की, स्वरमा गायिका सुशीला बस्नेत तिमिल्सिना, अडिओको मिक्सिङ/मास्टेरिङ बिशन मानन्धर ( हार्मोनिक डिजिटल स्टुडिओ) र मनोज परियार ( स्टुडिओ आफ्नो मन), रेकर्डिस्टमा नेपालबाट बिक्रम थापा ( हार्मोनिक) र अमेरिका न्युयोर्कबाट ॐ कर्माचार्य रहेका छन्।
म्युजिक भिडिओको निर्देशन केशवराज भट्टले गरेका छन् भने गीतमा मोडेल जुना कार्की र नित्या शर्मा आचार्यको मनमोहक नृत्य प्रस्तुत गरिएको छ। नेपाल र अमेरिका दुबै देशमा छायाङ्कन गरिएको यो भिडिओले नेपाली नारिहरुको महान चाड हरितालिका तीजलाई अवश्य पनि जिउँदो राख्नेछ भन्ने अपेक्षा गर्न सकिन्छ । अमेरिकामा बसेर लामो समयदेखि नेपाली गीत सङ्गीतलाई माया गर्दै आएकी गायिका सुशीला बस्नेतका विभिन्न गीतकारको शब्द तथा सङ्गीतकारको सङ्गीतमा राधाकृष्ण, धेरैदिन, सलाम छ मायालाई, तिम्रो मायाको, तिम्रो मन लगायत थुप्रै नेपाली गीतहरुको साथमा मेरी माँ बोलको हिन्दी गीत यसअघि नै सार्वजनिक भैसकेका छन् भने लेखक, कथाकार, गीतकार, सङ्गीतकार एवं गायक रावल जनकका थुप्रै सुमधुर नेपाली गीतहरु बजारमा आएका छन् ।
