‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ-२०८२’ भव्य रुपमा सम्पन्न

-तुलसी गिरी ‘भावुक’

गीतकार सङ्घ नेपालको आयोजनामा ‘गीतकार टेक तामाङ साङ्गीतिक साँझ-२०८२’ सम्पन्न भएको छ l कमलादीस्थित प्नेपाल प्रज्ञा प्रतिष्ठानको मेघा हलमा हिजो साँझ आयोजित सो कार्यक्रममा लोकप्रिय गायक/गायिकाहरुले गीतकार टेक तामाङद्वारा रचित १६ वटा गीतको लाइभ प्रस्तुति दिएका थिए l समारोह आयोजक संस्था गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्याशी थापाको सभापतित्व एवं प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिल विक्रम नेम्बाङको प्रमुख आतिथ्यतामा आयोजना भएको थियो l

कार्यक्रममा किरण प्रधान, शिव परियार, डेबिड शंकर, रुपक चौधरी, सत्यराज आचार्य, स्वरुपराज आचार्य, सङ्गीत़ा राना प्रधान, प्रदीपराज पाण्डे, कन्काइष्ट राई, सञ्जय तुम्रोक, सुमिना लो, अञ्जु पन्त, दीप श्रेष्ठ, राजेशपायल राई, रेश्मा बमजन, अस्मिता अधिकारी र प्रल्हाद तिमिल्सिनाले गीत गाउने पूर्व निर्धारित तालिका भए पनि राजेशपायल राईको भने प्रस्तुति हुन सकेन l समारोहमा ‘नेपाल मेरो घर, आमा, स्वर्ग सुख, मिठा मिठा बोली, जित्नेहरुको पनि, आफ्नै धड्कन, मन पर्छ, अल्झिरह्यो याद, नजिक यति भएर पनि, तिमी सागर, तिमीलाई पराईको, अँगालोमा बेरिरहूँ, जन्मिखेली, माथि माथि लेकमा, जोर मादलको तालैमा र स्वर्ग झैं सैलुङ’ बोलका १६ वटा एकल/युगल स्वरका गीत प्रस्तुत भएका थिए l

यसैगरि प्रसिद्ध सङ्गीत संयोजक एवं सङ्गीतकार अशोक लोहरुङ राईको सङ्गीत संयोजन तथा निर्देशनमा शिला बहादुर मोक्तान, मनोहर सुनाम, मोहनकृष्ण कार्की ढली, रविन कार्की ढली, किशोर कार्की ढली, नारायण कार्की ढली, केशव सुनाम, विकाशनाथ योगी, गोपालदेव घतानी, धन बहादुर गुरुङ, कुमार महाराज, भरत बुढाथोकी, मेघराज लुङ्गेली, अनिल थापा, पोषण घर्ती, देव राई, सञ्जीव लिम्बू, दिपेश श्रेष्ठ, सीतामैया राजचल, भरत नेपाली र भूपेन्द्र रसाईली जस्ता प्रतिष्ठितदेखि कनिष्ठसम्मका वाद्यवादककरुको साथ रहेको थियो l

कार्यक्रम व्यवस्थापन समितिमा वसन्त बित्यासी थापा, अशोक कुमार राई, सुमन पण्डित ‘बैरागी’, टीका राई (शिव), कन्काइष्ट राई, शशी लुमुम्बू, सुशील केसी, अर्जुन बहादुर घलान र गोपालचन्द्र राई रहेका थिए भने सिट क्षमता भन्दा बढी दर्शक/श्रोताको उपस्थिति रहेको सो कार्यक्रम ‘आवाजको दुनियाँका साथी’ उपनामले समेत परिचित प्रसिद्ध सञ्चारकर्मी एवं चलचित्र विकाश बोर्डका वर्तमान अध्यक्ष दिनेश डीसीले सञ्चालन गरेका थिए l