सत्य कथामा आधारित म्युजिक भिडिओ ‘कुरीति कुसंस्कार’ सार्वजनिक

समाज परिवर्तन नेपालको प्रस्तुतिमा नयाँ गीत ‘कुरीति कुसंस्कार’को भिडिओ सार्वजनिक भएको छ। भिडिओमा अन्तरजातीय जोडी पार्वती बिश्वकर्मा र प्रकाश ज्ञवालीको वास्तविक कथालाई समेटिएको छ। गुल्मीकी पार्वती बिश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवाली बिच केही वर्ष अघि प्रेम बिबाह भएको थियो। अन्तरजातीय बिबाह भएकै कारण यो जोडीलाई घर परिवार र समाजबाट ब^हिस्कार गरिएको थियो। ब^हिस्कार भएपछि यो जोडी काठमाडौं आएर संघर्ष गरिरहेका थिए। यिनै कुराहरु सम्झिदा प्रकाश ज्ञवाली एक वर्ष अघिदेखि डिप्रेशनको शिकार भए।

मानसिक बिरामी भएपछि प्रकाश ज्ञवालीले औषधी प्रयोग गरिरहेका छन्। प्रकाश ज्ञवालीकी श्रीमती पार्वती बिश्वकर्मा दोहोरी साँझमा गीत गाउँछिन्। दोहोरी साँझमा गाएको र अरुले दिएको टिप्सकै भरले जिविकोपार्जन गर्नुका साथै प्रकाशको उपचार गराउने र औषधी खुवाउने गर्छिन्। गीतमा यो अन्तरजातीय जोडीको यिनै वास्तविक, कारुणिक कथालाई समेट्ने कोसिस गरिएको छ।

‘कुरीति कुसंस्कार’ गीतमा वरिष्ठ गायक बिमलराज क्षत्री र पार्वती बिश्वकर्माको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, रमेश बिक्रम रत्नको सङ्गीत रहेको छ। यस गीतलाई रमेश सेञ्चुरीले एरेञ्ज गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन्। भिडिओमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को कथा, निर्देशन, छायाङ्कन, सम्पादन रहेको छ भने राजेश कुमारले रङ्ग संयोजन गरेका हुन्। भिडिओमा सुरवीर पण्डित, धन कुमारी गौचन, पार्वती बिश्वकर्मा र प्रकाश ज्ञवालीको अभिनय रहेको छ। यस गीतलाई प्रकाश बराईली “अभिब्यक्ति” को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।