प्रेमको गहिराईमा डुबुल्की मार्दै सुरेश शाही र शान्तिश्री

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गायक सुरेश शाही र सर्वाधिक लोकप्रिय गायिका शान्तिश्री परियारको युगल स्वरमा रहेको गीत ‘फूलकी रानी’ को भिडिओ सार्वजनिक भएको छ l सुरेश शाही र देवीलाल नयौपानेले संयुक्त रुपमा रचना गरेको यस गीतमा सुरेश न्यौपानेको सङ्गीत रहेको छ भने केशब बडूले सङ्गीत संयोजन गरेका छन् l मारुनी स्टुडिओका प्राविधिक सुमन राना र खुमन रानाले रेकर्ड गरेको यस गीतको मिक्सिङ/माष्टरिङ कुमार रानाले गरेका हुन् l

मौसम हिमालीको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ l भिडिओमा आकाश श्रेष्ठ, दीपा शाही र निशा हमालले प्रमुख कलाकारको रुपमा नृत्य/अभिनय गरेका छन् भने अन्य कलाकारहरुलाई सहायक भूमिकामा देख्न सकिन्छ l

गीतमा नायक-नायिकाले एक-अर्काप्रति अथाह प्रेम प्रकट गरेका छन् l एक-अर्काको सौन्दर्यताको दिलबाट बयान गरिएको यस गीतमा फूलसँग, जूनसँग अनि स्वर्गका अप्सरासँग तुलना गरिएको छ l मनमोहक प्राकृतिक पृष्ठभूमिमा छायाङ्कन गरिएको यो भिडिओलाई आकर्षक कोरियोग्राफीयुक्त नृत्य अभिनयले झनै सुन्दर बनाएको छ l