‘ऐतिहासिक प्रेम कथामा आधारित ‘वाचा बन्धन’ को दोस्रो भाग रिलिज

फिल्मी शैलीमा निर्माण भएको रोचक ऐतिहासिक प्रेम कथामा आधारित टेलिसिरियल ‘वाचा बन्धन’को दोस्रो भाग रिलिज भएको छ । प्रत्येक शनिबार साँझ ७ बजे ओएसआर डिजिटल युट्युबबाट आउने ‘वाचा बन्धन’को पहिलो भाग दर्शकहरूले रुचाएका कारण दोस्रो भाग पनि अझै बढि रुचाउने निर्माण पक्षले बिश्वास लिएको छ। टेलिसिरियल ‘जुठे’ की ‘जूनकिरी’ सरिता ढुङ्गाना यस सिरियलमा ‘चाँदनी’ भएर आएकी छिन्  भने एपिसोड २ मा नव नायक प्रशान्त बुढाथोकी ‘चन्द्र’को रोचक प्रेमकथा देख्न सकिने छ ।

कमल बुढाथोकीको प्रस्तुति रहेको यो सिरियल दीपा बुढाथोकी र कमल बुढाथोकी मिलेर निर्माण गरेका हुन्। यज्ञजंग विक (आयुष) को लेखन/निर्देशन रहेको यस सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता छन् भने शिव विकको छायाङ्कन, उमेश थापा मगरको सम्पादन, प्रवीण ढकालको कलर सम्पादन, रतिस भारतीको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण, आकास मगरको गीत सङ्गीत, भूमि प्वाईन्टको पोष्ट प्रोडक्सन अनि चर्चित गायक रामचन्द्र काफ्लेको गायकी रहेको छ । सिरियलमा सरिता ढुङ्गाना, कुशुम शर्मा, प्रशान्त बुढाथोकी (करण) हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट, प्रेमदेव गिरी, सुभाष गजुरेल लगायत दुई दर्जन नयाँ पुराना कलाकारको अभिनय रहेको छ । सिरियलको छायाङ्कन ललितपुरको छम्पी र रुकुम पूर्वी भागको रमणीय स्थल लुगुम नरिबाङमा गरिएको थाहा भएको छ।