एक अर्काप्रति समर्पित भावमा रीता र बिक्रम

लोकप्रिय गायिका रीता के. सी. को नयाँ गीत ‘मर्दैन माया’ को भिडिओ डिजिटल बजारमा आएको छ l झलक भट्टको शब्द तथा पवन रानाभाटको सङ्गीत र सङ्गीत संयोजन रहेको यस गीतको भिडिओमा गायिका रीताले स्वयं अभिनय गरेकी छिन् l अभिनयमा उनलाई चर्चित मोडेल बिक्रम बुढाथोकीले साथ दिएका छन् l

फरक फरक रस र रागका सयौं गीत गाईसकेकी  रीता के. सी. को अभिनयको यो छैटौं भिडिओ हो l राम कुमार के. सी. को निर्देशन/छायाङ्कन र यमुना पान्डेको शृङ्गार रहेको यो म्युजिक भिडिओ भक्तपुरका विभिन्न रमणीय स्थानमा सुटिङ गरिएको थाहा भएको छ l