‘गुलाब झैँ अधर’ मा देवी, सन्तोष र करणको त्रिवेणी

पछिल्लो समयमा गजल सार्वजनिक हुने क्रम तीब्र रूपमा अगाडि बढिरहेको छ । वि.सं. २०८०-९० को समयलाई नेपाली गजल गायनको स्वर्ण दशक घोषणा गरिएको समयमा यसरी गजल गायनका रूपमा सार्वजनिक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसै सिलसिलामा विगतका दिनमा गीतका माध्यमबाट आफ्नो साङ्गीतिक उपस्तिथि देखाइरहेकी देवी घिमिरे यसपटक गजलकारको रूपमा आएकी छिन् ।

विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र पछिल्लो समयका लोकप्रिय गायक करण परियारको स्वरसहित त्रिवेणीको रूपमा नछोप ती गुलाब झैँ अधर बोलको गजल सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक गरिएको सो गजलमा मनोहर सुनामले सङ्गीत संयोजन गरेका छन् । गजल राजाबाबु थारूले रेकर्डिङ गरेका हुन् भने प्रकाश मिश्रले ध्वनि सम्पादन गरेका छन् । अकस्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको सो गजललाई स्टुडियोभित्रै छायाङ्कन गरिएको छ । गजलको छायाङ्कन/सम्पादन राजन खरेलले गरेका छन् ।