प्रेमिल भावको म्युजिक भिडिओ ‘तिमी मेरो प्राण हौ’ सार्वजनिक

एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको प्रेमिल भावको म्युजिक भिडिओ ‘तिमी मेरो प्राण हौ’ सार्वजनिक भएको छ । कोशी प्रदेश इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकीय स्थानहरुमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडिओ निकै उत्कृष्ट बनेको छ । रञ्जन राई तथा अनु चौधरीको युगल गायन रहेको उक्त गीत कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचिव समेत रहेका हेमराज तामाङले रचना गरेका हुन् भने सौगात जंग थापाको सङ्गीत रहेको छ । भिडिओ गीतकार हेमराज तामाङकै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडिओमा लोकप्रिय मोडल / कलाकार सनम कठायत र पुनम श्रेष्ठलाई प्रेमभावमा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादनमा भिडिओ निर्माण भएको छ । गीत- सङ्गीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशैभरिका प्राकृतिक सुन्दरता, मौलिक संस्कृति तथा सामाजिक जनजीवनको प्रचारप्रसार तथा प्रवर्द्धनका निमित्त एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान ‘दृश्यमा नेपाल’ अन्तर्गत यो पटक कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई समेत टेवा पुग्नेगरि यो म्युजिक भिडिओ निर्माण गरिएको कुरा अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले जानकारी दिएका छन् ।