नारायण थापा र बेनिशा पौडेलको स्वरमा रहेको ‘तिम्रो स्पर्शले’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ ।
राज टाइगर र प्रतिक्षा काफ्लेको अभिनय रहेको यस भिडिओको निर्देशन प्रकाश धितालले गरेका छन् । गीतमा सञ्चारकर्मी पुरुषोत्तम बस्नेतको शब्द, यस गीतको गायक समेत रहेका नारायण थापाको सङ्रगीत र पुष्कर सुनुवारको सङ्गीत संयोजन रहेको छ ।
जी मिडिया कनेक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो म्युजिक भिडिओमा दिनेश पराजुलीको छायाङ्कन र राकेश दाहालको सम्पादन छ । कुलेखानी लगायतका आसपासका क्षेत्रमा छायाङ्कन गरिएको यस भिडिओमा एक प्रेमी जोडीको माया प्रेम देखाइएको छ ।
