प्रमिला अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

-सीतल आचार्य

कलाकार तथा नृत्य निर्देशक प्रमिला रिजाल South Asian Regional Countries Brilliance Award and Cultural Submit 2024 बाट सम्मानित भएकी छिन् । रिजाल डेढ दशकदेखि कलाकारिता क्षेत्रमा क्रियाशील छिन् । एभरेष्ट नेपाल कल्चरल ग्रुपमा आवद्ध रिजालले अमेरिकाबाट आफ्नो यात्रा प्रारम्भ गरि पोल्यान्ड, स्पेन, पोर्चुगल, ग्रीक, नर्वे, इस्टोनिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड, जर्मनी, टर्की लगायत विश्वका २0 भन्दा बढी देशहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् ।

World Books of Star Record को आयोजनामा सम्पन्न भएको यस अवार्ड कार्यक्रममा दक्षिण एसियाली राष्ट्रका सम्मानित व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पूर्व उपसभामुख इन्दिरा राना मगरले विभिन्न पेसामा आवद्द दक्षिण एसियाली राष्ट्रका दिग्गज ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा आफूलाई गर्व लागेको बताइन् । पूर्व उपसभामुख रानाले प्रमिला रिजाललाई अवार्ड प्रदान गर्दैगर्दा मुक्त कन्ठले उनको प्रस्तुतिको प्रशंसा समेत गरेकी थिईन् ।

नेपालमा अवार्ड कार्यक्रम आयोजनाको उपलक्ष्यमा कलाकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै विभिन्न पेसामा आवद्ध विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको विचार World Books of Star Record संस्थाका संस्थापक निर्देशक डा. राजिब पलले व्यक्त गरेका छन् । काठमाडौको नेपाल भारत मैत्री पशुपति धर्मशालामा आयोजना भएको सो कार्यक्रममा प्रतिष्ठित व्यक्तिहरुले शुभकामना मन्तव्य दिएका थिए । बुद्धिजीवी, पत्रकार र समाजसेवीहरुको बाक्लो उपस्थितिका बीच कार्यक्रम सम्पन्न भएको थियो ।