धनमायाको ‘सपनीमै देख्ने छैन’ बजारमा

विगत केही समयदेखि लोक गायनमा अगाडि बढिरहेकी गायिका धनमाया रानाको लोकदोहोरी गीत ‘सपनीमै देख्ने छैन’ को भिडिओ भर्खरै बजारमा आएको छ । वि^योगान्त भावको यो गीत विकास बिक्की रानाले रचना गरेका हुन् l गीतमा सन्तोष श्रेष्ठको सङ्गीत, धनमाया राना र विक्रम परियारको स्वर रहेको छ l  राजु कार्कीको म्युजिक एरेन्ज रहेको यो गीत श्यामश्वेत रसाइलीले सम्पादन गरेका हुन् ।

‘सपनीमै देख्ने छैन’ बोलको यो गीतको भिडिओ असाध्यै सुन्दर तरिकाले छायाङ्कन गरिएको छ । गीतको भिडिओमा उदीत थापा र जानु गुरुङको अभिनय रहेको छ भने जीवन के.सी. र विकास बिक्की रानाको सहायक भूमिका देख्न सकिन्छ l म्युजिक भिडिओमा प्रकाश खड्काको छायाङ्कन र पदम सुवेदीको सम्पादन रहेको छ । विकास बिक्की रानाले निर्देशन गरेको यो भिडिओ  जीवन के.सी. युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।