एकै समयमा दुई युवकसँग प्रेमको नाटक

प्रसिद्ध सर्जक राजकुमार ब ग र को शब्द/सङ्गीतमा रहेको वि योगान्त भावको गीत ‘बाजी’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ यसै साता Everest Gallery युट्युब च्यानलबाट बजारमा आएको हो l नरेश धामीको स्वरमा रहेको यस गीतको म्युजिक एरेन्ज राजु कार्कीले गरेका हुन् l भिडिओमा एकै समयमा दुई युवकसँग प्रेमको नाटक गर्ने युवतीको द्वैध चरित्र देखाईएको छ l

प्रस्तुत भिडिओमा सनम कठायत, कुन्दन गुप्ता र हेमा सापकोटाले अभिनय गरेका छन् भने भिडिओ प्रकाश खड्काले खिचेका हुन् l नायक द्वय मध्येका एक सनमकै परिकल्पनामा छायाङ्कन भएको यस म्युजिक भिडिओको दृश्य तथा रङ्ग सम्पादन अमृत चापागाईंले गरेका हुन् l