लोकदोहोरी भिडिओमा नौलो स्वाद, टार्जन भेषमा रमेश र उषा

केटी
एउटै बोटमा दुई दुईटा बारुलाको गोलो
पिरतीको मुल फुट्यो जवानीको खोलो
सुहायो कि सुहाएन फुल बुट्टे चोलो ?

केटा
एउटै बोटमा दुई दुईटा बारुलाको गोलो
रैछौ माया घाम जस्तै जवानीले पोल्यो
कस्तो राम्रो सुहाएको चट्ट बुट्टे चोलो

‘बारुलाको गोलो’ बोलको लोकदोहोरी गीतको भिडिओ सार्वजनिक भएको छ । जसमा शान्ति श्री परियार र सुदिप पन्तको आवाज, सुदिप पन्त र रमेश कडरियाको शब्द तथा गायक स्वयमको सङ्गीत छ भने गीतको सङ्गीत संयोजन रमेश कडरियाले गरेका छन् ।

यस गीतको भिडिओ केही फरक शैलीमा प्रस्तुत गरिएको छ । भिडिओमा जङ्लमा बसोबास गरेका प्रेमी प्रेमिका (मोडेल उषा उप्रेती र रमेश कडरिया) को रोमान्चक प्रेम दर्शाउनुको साथै केही भिलेन पात्र पनि खडा गरिएको छ । भिडिओ कार्टून्ज क्रू का सरोज अधिकारीको निर्देशनमा छायाङ्कन भएको हो भने सरोज अधिकारी र रोशन बिकको कोरियोग्राफी तथा पवन सुस्लिङको सिनेमाटोग्राफी रहेको छ ।

नगरकोट र साँखुको जङ्गलमा छायाङ्कन गरिएको यो म्युजिक भिडिओ सरोज अधिकारीले सम्पादन गरेका हुन् भने कलर करेक्सन राजेन्द्र मोक्तानले गरेका छन । आम भिडिओहरु भन्दा शतप्रतिशत फरक र नौलो स्वादमा आएको यो म्युजिक भिडिओले दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ l