एउटी युवतीलाई दुई युवकले मन पराएपछि

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गीतकार अम्बिका गुरुङको रचना, बहुआयामिक सर्जक शंकर थापा ‘स्माइल’ को सङ्गीत एवं पदम राई र रेश्मा पुनको युगल स्वरमा रहेको गीत ‘बाजी मै मार्छु’ को भिडिओ रिलिज भएको छ l भिडिओ गीतकार अम्बिकाकै आधिकारिक युट्युब च्यानल Bhavsagar Entertainment LLC बाट बुधबार डिजिटल बजारमा आएको हो l सागर संसार राईको सङ्गीत संयोजन/रेकर्डिङ रहेको यस गीतको मिक्सिङ/माष्टरिङ किशोर थापाले गरेका हुन् l

कमेडी शैलीमा निर्माण गरिएको यस भिडिओमा एउटी युवतीप्रति आकर्षित भएका दुई युवक र युवतीलाई कसले बिहे गर्ने भन्ने प्रतिस्पर्धालाई मनोरञ्जक ढङ्गमा प्रस्तुत गरिएको छ l केशवराज भट्टको कोरियोग्राफी/निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा विशाल थापाको सिनेमाटोग्राफी र राकेश दाहालको दृश्य तथा रङ्ग सम्पादन रहेको छ भने प्रमुख भूमिकामा सम्राट अधिकारी, सृष्टि सुब्बा, अनिश मगर, देबेन्द्र बराल, सन्तोष बोहरा र अनिल लिम्बूको अभिनय रहेको छ l